
लुक्ला । बाह्रखरी तेस्रो संस्करणको वार्षिक आमन्त्रित गल्फ टुर्नामेन्ट अन्तर्गत दुईजना अमेरिकी पत्रकारले मंगलबार बिहान चारहजार दुईसय ५० मिटर उचाइमा गल्फ खेलेका छन् । अमेरिकी पत्रकार स्टेफनी मिन्डी वेइ र आन्या अल्भारेज मंगलबार बिहान चार हजार दुईसय ५० मिटरको उचाइमा रहेको कोङ्दे री मा पुगेर गल्फ खेलेका हुन् ।
यो अल्टिच्युड गल्फ खेलमा विश्वकै रेकर्ड हो । यसअघि उक्त स्थानमा आइतबार ६ जना कर्पोरेट गल्फरले सहभागिता जनाएका थिए । खराब मौसम र कालो बादलका कारण बाँकी ४० खेलाडीले उपलब्धी हासिल गर्न नपाएको भए पनि यसै साता सकेसम्म बाँकी खेलाडीलाई त्यस स्थानमा पुर्याएर गल्फ प्रतियोगितामा सहभागी गराउने तयारी भएको बाह्रखरी मिडियाका उप–महाप्रबन्धक सूर्य घिमिरेले जानकारी दिए ।
आठजना गल्फर्सले अल्टरनेट लोकेसनको रुपमा तीनहजार आठ सय ८० मिटरको उचाइमा स्याङबोचेमा टुर्नामेन्ट खेलेका थिए ।