site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
संसारकै उचाइमा एनसेल बाह्रखरी गल्फ (तस्बिरसहित)

कोङ्दे, सोलु । बाह्रखरीको वार्षिक ‘आमन्त्रण गल्फ’ प्रतियोगिता विश्वकै सबैभन्दा उचाइमा खेलिएको छ । चार हजार दुई सय पचास मिटरमा भएको यो गल्फ प्रतियोगिता संसारकै सबैभन्दा उचाइमा भएको हो ।  नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षाका साथ प्रतियोगिता आयोजना गरिएको थियो ।
सगरमाथा क्षेत्रको चारहजार दुईसय ५० मिटर उचाइमा रहेको कोङ्दे री मा र ३,८८० मिटर उचाइमा रहेको स्याङबोचेमा आइतबार बिहान ‘आमन्त्रण गल्फ’ प्रतियोगिता भएको हो ।

एनसेल बाह्रखरी गल्फ सगरमाथा क्षेत्रमा, गल्फ प्रतियोगितामा ‘रेकर्ड ब्रेक’

प्रतिकूल मौसमका बाबजूद कोङ्दे री ६ जना कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गरे भने बाँकी आठ गल्फरले स्याङ्बोचेमा प्रतिष्पर्धा गरेका थिए । बाह्रखरी गल्फ विश्वको सबैभन्दा बढी उचाइमा गरिएको बाह्रखरी मिडियाका उप–महाप्रबन्धक सूर्य घिमिरेले जानकारी दिए । उनका अनुसार यो प्रतियोगिता गल्फमा ‘रेकर्ड ब्रेक’ हो ।

आइतबार बिहानैदेखि त्यस क्षेत्रको मौसममा खराबी आएको भए पनि एनसेल बाह्रखरी गल्फ प्रतियोगिता भने भएको थियो । उक्त प्रतियोगिताले नै ‘रेकर्ड ब्रेक’ गरेको हो ।


प्रतियोगिताको प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गर्ने कार्यक्रम तय भएको भए पनि खराब मौसमका कारण हुन सकेन । 

कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै एनसेलका सीईओ एण्डी चोङ्गले एनसेलले बाह्रखरीसँग मिलेर यस कार्यक्रमको आयोजना गर्न पाउँदा खुसी लागेको बताए । एनसेल यो कार्यक्रमको मुख्य प्रायोजक हो ।  यो कम्पनीले नेपाल सरकारले ‘ नेपाल भ्रमण वर्ष २०२०’  मनाउनका लगि तयारी गरिरहेको अवस्थामा यसलाई प्रवद्र्धनका लागि योगदान गर्न बाह्रखरी मिडियासँग सहकार्यको भूमिका निर्वाह गरेको हो । 
एनसेल बाहेक नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० अभियान सहयोगी साझेदारका रुपमा सँगै रहेका छन् । ‘‘एनसेल बाह्रखरी मिडियासँग विश्वकै सबैभन्दा उच्च अल्टिच्युड भएको स्थानमा भएको कार्यक्रममा सहकार्य गर्न पाउँदा प्रसन्न रहेको छ र हामी आयोजकलाई बधाई दिन चाहन्छौं । सो कार्यक्रमका आगामी टुर्नामेन्टहरु बिना कुनै बाधा सम्पन्न हुने कुरामा म विस्वस्त रहेको छु,’’ एनसेलका नेपालस्थित प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्गले भनेका छन् ।
‘‘एनसेल निरन्तर रुपमा आफ्नो ब्रान्डको प्रतिवद्धता अनुसारसमर्थन गर्न सदा दृढ रहेको छ । हाम्रा ग्राहकले आफ्नो यस खालको सपना महसुस गर्नु हुनेछ र नेपालले गर्न सक्ने राम्रो कामको लागि अभिप्रेरणा मिल्नेछ,’’ उनले भनेका छन् । 
 

व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले पनि एनसेल बाह्रखरी गल्फले नेपालको लागि ठूलो योगदान गरेको बताए ।
 

प्रतियोगिता दुई चरणमा हुनेछ । बाँकी खेल अक्टुबटर २६ शनिबारका दिन काठमाडौंको गोकर्ण सफारी रिसोर्टमा हुनेछन् । जहाँ बाँकी रहेका १७ होल खेलाइनेछ । दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरी करिब सय गल्फरले प्रतिस्पर्धा गर्ने बाह्रखरी मिडियाका उप–महाप्रबन्धक घिमिरेले जानकारी दिएका छन् ।

“हाम्रो मुख्य उद्देश्य नै पर्यटन प्रवर्द्धन गर्नु हो,” घिमिरेले भने, “आइतबार बिहान सगरमाथा क्षेत्रमा गल्फ प्रतियोगिता गरेर रेकर्ड ब्रेक गरेका छौं ।” सरकारले आयोजना गरेको भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस प्रतियोगिताको सन्देश विश्वभर पुगेको बताउँदै यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

कोङ्दे रीको ४,२५० मिटरमा आयोजना गरिएको गल्फ टुर्नामेन्टमा स्वर्गीय आङ्ग छिरिङ्ग शेर्पाप्रतिपनि श्रद्धाञ्जली दिइएको थियो । 
शेर्पा एक जना प्रतिष्ठित पर्यटन व्यवसायी हुन् । जसको फेब्रुअरी २०१९ मा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । विश्व रेकर्ड कायम गर्न त्यहाँ पुगेका विकास राणाले स्वर्गीय शेर्पाको तस्बिरमा माल्यार्पण गरेर सम्मान गरेका थिए ।


अस्टुबर २६ मा हुने फाइनल खेलमा बाह्रखरी गोल्डेन बल तथा अन्य आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

एनसेल बाह्रखरी गल्फ नेपालको सबैभन्दा उचाइमा गरिएको पहिलो गल्फ प्रतियोगिता भएकाले ‘रेकर्ड ब्रेकिङ गल्फ इभेन्ट’ हुने उनले बताए । यो प्रतियोगिताको नाम ‘एनसेल प्रिजेन्ट्स बाह्रखरी एभरेस्ट गल्फ २०१९’ रहेको छ । प्रतियोगिता नेपाल पर्यटन बोर्ड तथा भिजिट नेपाल इयर २०२० को सहकार्यमा गरिएको हो ।

प्रतियोगिताको मुख्य प्रायोजक एनसेल रहेको छ भने भाटभटेनी सुपर मार्केट्स तथा सिभास रिगलले सहप्रायोजन गरेका छन् । थाई इन्टरनेसनल एयरलाइन्स पार्टनर, काल्र्सबर्ग बेभरेज पार्टनर रहेका छन् भने ग्लोबल आईएमई बैङ्क प्रतियोगिताको बैङ्किङ पार्टनर तथा टाटा मोटर्स भेहिकल तथा होल–ईन–वान पार्टनर रहेको छ । 
बाह्रखरी मिडिया इभेन्टस् प्रतियोगिताको आयोजक हो । 

प्रतियोगितामा सहभागी खेलाडीहरुले यस प्रतियोगिता अविस्मरणीय रहेको प्रतिक्रिया दिए ।  “मेरा लागि यो अविस्मरणीय क्षण रह्यो । मैले प्रतियोगिताको पहिलो टीअफ गर्ने मौका पाएँ । गल्फ आफैँमा धेरै रोमाञ्चक खेल हो । अहिले बाह्रखरीले कोङ्देमा यो प्रतियोगिता आयोजना गर्नुनै हामी खेलाडीको लागि एतिहासिक क्षण हो । यो नेपालका लागि मात्र होइन विश्वकै इतिहासमा पहिलोपटक अग्लो स्थानमा खेलाइएको प्रतियोगिता हो,” कोङ्दे मा प्रतिष्पर्धा गरेका समीट एयरका सञ्चालक विकाश राणाले भने ।

प्रतियोगिताको पहिलो समूहमा प्रतिष्पर्धा गरेकी रेखा घिमिरेले पनि बाह्रखरी गल्फले आफ्नो लागि जीवनभर भुल्न नसकिने अवसर प्रदान गरेको बताइन् ।

“मैले ३० वर्षदेखिन गल्फ खेल्दै आइरहेको छु । मेरो आफ्नै गल्फ खेलको करियरमा नयाँ इतिहास रचेको अनुभव गरेको छु । यस्तो खालको प्रतियोगिता मेरो लागि पहिलो पटक हो । यो प्रतियोगितालाई मैले प्रतिस्पर्धा भन्दा पनि नयाँ अनुभवको रुपमा लिएको छु । हिमालको फेदमानै गल्फ खेल्ने अवसर जुराइदिएकोमा आयोजकप्रति आभारी छु,” कर्पोरेट गल्फर राजेन्द्र श्रेष्ठले भने ।

त्यस्तै प्रतियोगिताकी अर्काे खेलाडी आरती राणाले कोङ्देमा गल्फ खेल्दा एउटा नयाँ खालको उर्जा आएको प्रतिक्रिया दिइन् ।


 

प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  १४:०६
प्रतिक्रिया दिनुहोस्