_1386333605.jpg)
काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बाह्रखरी मिडिया प्रालिले आयोजना गर्न लागेको ‘आमन्त्रण गल्फ प्रतियोगिता’को तेस्रो संस्करणको गल्फ प्रतियोगिताले नेपालको पर्यटन प्रवर्द्वनमा सहयोग पुग्ने बताएका छन् । बाह्रखरी मिडियाले अक्टुबर २० बाट गर्न लागेको गल्फ प्रतियोगिताको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
जोशीले भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा बाह्रखरीले आयोजना गरेको यस कार्यक्रममा नेपालमा मात्र नभई विश्वभर नेपालको पर्यटन प्रवर्द्वन गर्न सहज हुने बताए । “पर्यटन विकास तथा प्रवर्द्वनका लागि हामीसँग धेरै योजनाहरु आएका छन् । त्यसमध्ये मुख्य तथा पर्यटन प्रवद्र्धनका लागि सहयोगी बन्न सक्ने प्रतियोगिताका रुपमा हामीले यसलाई लिएका छौं,” जोशीले भने ।
देशको पर्यटन प्रवर्द्वन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको प्रतियोगिता ४२ सय ५० मिटर माथि गर्ने भएको छ । प्रतियोगितामा ४० बढी कर्पाेरेट गल्फरले सहभागिता जनाउने भएका छन् । जसमा नेपाली र विदेशी गल्फरहरु रहनेछन् ।
“विदेशबाट पत्रकार आउनु सकारात्मक विषय हो । विश्वभरका मिडियाको चासो सगरमाथाप्रति देखिन्छ । यो संसारभर समाचारको विषय पनि हो,” उनले भने । प्रतियोगितामा प्रतियोगिताको मुख्य उद्देश्य नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा समेत उल्लेखनीय सहयोग पुर्याउने रहेको छ ।