site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकी औषधिको मूल्य घटाइने

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने विषयमा आफ्नो प्रशासनले काम गरिरहेको जानकारी दिएका छन् । 

 ‘हामीले यस बारेमा काम गरिरहेका छौँ, औषधि सस्तो बनाउने विषयमा हाम्रो काम भइरहेको छ’– उनले सम्वाददाताहरुसँग भने । आफ्नो देशमा बन्ने औषधि संसारका अरु देशको भन्दा पुरानो भएको उनले बताएका छन् ।  

उनले भने, हामीलाई थाहा नै छ कि अरु देशहरुले औषधिका लागि सस्तो मूल्य तिरीरहेका छन् तर हामीले त्यो भन्दा महंगो रकम खर्च गर्नु परिरहेको छ, कहिलेकहीँ त ६० देखि ७० प्रतिशतसम्म पनि उनीहरुले सस्तोमा औषधि पाइरहेका छन् ।
 
उनले औषधि कम्पनीहरुले लामो समयदेखि फाइदा मात्र उठाइरहेको पनि बताए । 
 
तर पनि अमेरिकी औषधि कम्पनीहरुबाट छिमेकी देशहरु क्यानाडा, मेक्सिकोहरुले फाइदा भने लिइरहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताए । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, असार २१, २०७६  १५:३५
प्रतिक्रिया दिनुहोस्