site stats
बाह्रखरी :: Baahrakhari
उठ्यो
शिक्षा सेवा शुल्कमा लक्ष्यभन्दा बढी राजस्व संकलन, अरू शीर्षकमा लक्ष्य पूरा भएन
शिक्षा सेवा शुल्कमा लक्ष्यभन्दा बढी राजस्व संकलन, अरू शीर्षकमा लक्ष्य पूरा भएन सरकारले गत आर्थिक वर्षमा लक्ष्य पूरा नहुने देखेपछि राजस्व संकलन लक्ष्य संशोधन गरेको थियो । सरकारले गएको आर्थिक वर्षमा राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ४१ अर्ब रुपैयाँ संकलन हुने संशोधित अनुमान गरेको थियो । तर, गएको जेठ मसान्तसम्म सरकारले आन्तरिक ऋणमार्फत दुई खर्ब २० अर्ब ३८ करोड रुपैयाँ उठाएको छ । यस्तै, असार मसान्तसम्म नौ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ राजस्वबापत प्राप्त भएको छ । सरकारले आन्तरिक ऋण र राजस्व संकलनमार्फत प्राप्त गर्ने भनेर राखेको संशोधित लक्ष्य पनि प्राप्त गर्न सकेन ।