site stats
बाह्रखरी :: Baahrakhari
कला
‘महाभोज’ प्रचारका लागि सडक नाटक

काठमाडौं । चलचित्र ‘महाभोज’ले प्रचारका लागि सडक नाटक सुरु गरेको छ । ‘सत्य कहिल्यै लुक्दैन–महाभोज’ शीर्षकको सडक नाटक सुरु गरेको निर्माणपक्षले जनाएको छ । 

शनिबार साँझ काठमाडौंको गोंगबुमा सडक नाटक प्रस्तुत गरिएको थियो । दर्शकलाई चलचित्रको कथावस्तुबारे जानकारी दिन र प्रचार गर्न यो अभियान सुरु गरिएको निर्देशक दिनेश राउतले जानकारी दिए । 

Argakhachi Cement Island Ad

सडक नाटकमा कलाकारहरूले प्रत्यक्ष अभिनयमार्फत सहकारीपीडित र पीडकबीचको कथालाई प्रस्तुत गरेका छन् । चलचित्रको मुख्य कथावस्तुसँग मेल खाने गरी तयार गरिएको यो नाटकको निर्देशन आकाश नेपालीले गरेका हुन् । लेखक सरिता कठायत हुन् । 

कलाकारहरूमा सुजन खतिवडा, सन्तोष गिरी, चिराग पनेरु, सरिता कठायत र विनोद प्रकाश धामी छन् । 

दिनेश राउत निर्देशित ‘महाभोज’ले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न अवस्थालाई मुख्य कथा बनाउको छ ।  

दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख भूमिका रहेको छ । चलचित्र जेठ १५ गते रिलिज हुनेछ । 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्