site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कोसी सरकारको नीति तथा कार्यक्रम भोलि आउने
फाइल तस्बिर ।

विराटनगर । कोसी सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम भोलि (सोमबार) प्रस्तुत गरिने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भोलि नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो ।

कोसी प्रदेश सरकारका आन्तरिक मामला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार, प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय गरिएको छ । 

बैठकले नीति तथा कार्यक्रम पास गरेको र प्रदेशसभामा प्रस्तुत गर्न आवश्यक व्यवस्था मिलाइदिन प्रदेशसभामा आग्रह गरेको मन्त्री भण्डारीले बताए । 

कोसी प्रदेशसभाको सातौँ अधिवेशन आइतबार (आज) देखि सुरु हुँदै छ । आजको बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र वाचन गरेपछि दलका नेताहरूले शुभकामना दिने कार्यसूची छ । 

आजको बैठकमा केही ऐन संशोधन गर्न बनेको अध्यादेश, २०८२ पेस हुने कार्यवाहक प्रदेशसभा सचिव गौतमराज अमात्यले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ०९:४५
प्रतिक्रिया दिनुहोस्