राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया मुर्सिदले आज (शुक्रबार) शिष्टाचार भेट गरेकी छन् ।
नेपालले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा बंगलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएकी मुर्सिदले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेकी हुन् ।
भेटका अवसरमा दुई देशबीच रहँदै आएको आपसी र मित्रवत् सम्बन्ध र सहकार्यका विविध आयामबारे छलफल भएको थियो ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२ १७:१३
प्रतिक्रिया दिनुहोस्