site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल उपस्थित हुनुपर्ने भन्दै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले प्रश्न उठाएका थिए ।

सभामुख देवराज घिमिरेले सगरमाथा संवादको कार्यक्रममा भएका कारण ढिलाइ भएको र पौडेल उपस्थित हुने भन्दै बैठक अघि बढाउन खोजेका थिए । पाण्डेले प्रश्न राखेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्