राजनीति

काठमाडौं । सत्तासाझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार (जेठ ३) बस्ने भएको छ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने जानकारी दिए ।
बैठकमा आउँदो आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचारविमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए । रासस
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२ ०९:४८
प्रतिक्रिया दिनुहोस्