site stats
बाह्रखरी :: Baahrakhari
देश
अख्तियारको ‘स्टिङ अपरेसन’ : पाँच लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख ७० हजार रुपैयाँ घुससहित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा कार्यरत इन्जिनियर सन्तोषकुमार यादवलाई पक्राउ गरेको छ ।

आयोगको टोलीले इन्जिनियर यादवलाई घुस रकमसहित भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१, लोकन्थलीबाट बिहीबार (जेठ १) साँझ पक्राउ गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टंगाल कार्यालयबाट गएको टोलीले इन्जिनियर यादवलाई पक्राउ गरेको हो । आरोपित यादवलाई पक्राउ गरी थप अनुुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  २३:५६
प्रतिक्रिया दिनुहोस्