site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुशासन समितिमा उजुरीमाथि छलफल हुँदै 
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । पूर्वाधार विकास समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको हो । 

पूर्वाधार विकास समितिको बैठकमा समितिको वार्षिक मस्यौदा प्रतिवेदन, २०८१ र समितिमा प्राप्त उजुरीमा छलफल हुँदै छ । बैठक बिहान ९ बजे बस्नेछ । 

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । 

बैठकमा मलेसियाका सांसदसँग संसदीय प्रक्रियाबारे अनुभव आदानप्रदान गर्ने कार्यसूची रहेको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ०७:४२
प्रतिक्रिया दिनुहोस्