site stats
बाह्रखरी :: Baahrakhari
देश
नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
फाइल तस्बिर ।

चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर सोमबार एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ का १८ वर्षीय कुमार नेपाली छन् ।

मझुवास्थित नदीमा डुबेर बेहोस भएका उनलाई उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएकामा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । रासस

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्