
काठमाडौं । समाचारमूलक वेबसाइट ‘द वायर’ले भारत सरकारले आफ्नो वेबसाइट ब्लक गरेको जनाएको छ ।
वेबसाइटले सामाजिक सञ्जाल एक्समा आफ्ना पाठकलाई सम्बोधन गर्दै लेखेको छ, “भारत सरकारले देशभरि द वायर डट आइएन वेबसाइट ब्लक गरेको छ ।”
“इन्टरनेट सेवा प्रदायकहरूले सूचना प्रविधि ऐन, २००० अन्तर्गत इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयको आदेशअनुसार यो कारबाही गरिएको बताएका छन्,” द वायरले भनेको छ ।
द वायरले यसलाई संविधानले दिएको प्रेस स्वतन्त्रताको अधिकारको उल्लंघन भएको बताएको छ ।
“हामी यो ‘स्पष्ट सेन्सरसिप’को विरोध गछौँ, विशेष गरी यस्तो समयमा जब निष्पक्ष, सत्य र तार्किक पत्रकारिता भारतको लागि महत्त्वपूर्ण छ,” द वायरले भनेको छ ।
द वायरले सरकारको यो मनमानी र अस्पष्ट आदेशलाई चुनौती दिन सबै आवश्यक कदम चाल्ने जनाएको छ । बीबीसी हिन्दीबाट