राजनीति

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आतंकवादका विरुद्धमा उभिने निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कांग्रेस आतंकवादको विरुद्धमा उभिने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
“हामी सँधै आतंकवादको विपक्षमा उभिन्छौँ । हाम्रो बैठकबाट पनि त्यही साझा धारणा निर्माण भएको छ,” डा. महतले बाह्रखरीसँग भने, “आतंकवाद विश्वकै साझा मुद्दा भएकाले त्यसका विरुद्ध उभिनु सबैको कर्तव्य हो । भारत र पाकिस्तानको द्वन्द्वले युद्धको परिस्थिति नल्याओस् भन्ने पक्षमा छौँ ।”
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२ १२:२६
प्रतिक्रिया दिनुहोस्