site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल निरन्तर

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज (वैशाख २६) पनि बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बैठक सुरु हुने तय छ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

यस्तै, आर्थिक वर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गएको शुक्रबार (वैशाख १९) सरकारको नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत गरेका थिए । त्यसयता नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  ०९:२२
प्रतिक्रिया दिनुहोस्