site stats
बाह्रखरी :: Baahrakhari
देश
पर्वतमा बलात्कार आरोपमा पक्राउ

काठमाडौं । पर्वतमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फलेवास नगरपालिका–६, साङ्खोलाका ३५ वर्षीय सूर्य नेपाली छन् ।

१२ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । बुधबार (वैशाख २४) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको आइतबार (वैशाख २१) नेपालीले बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्