विदेश

काठमाडौं । हवाई आक्रमणपछि भारत र पाकिस्तानमा करिब ५५० उडान रद्द गरिएका छन् ।
रियल–टाइम उडान ट्रयाकिङ सेवा फ्लाइटराडरको तथ्यांकअनुसार, हवाई हमलापछि पाकिस्तानमा १६ प्रतिशत र भारतमा तीन प्रतिशत निर्धारित व्यावसायिक उडानहरू रद्द गरिएका छन् ।
फ्लाइटराडर २४ का अनुसार, पाकिस्तानमा १३५ उडान रद्द गरिएका छन् भने भारतमा ४१७ निर्धारित उडानह रद्द गरिएका छन् ।
बुधबार सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू रद्द भएपछि कराँचीको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरू पर्खिरहेको देखियो ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२ १९:५२
प्रतिक्रिया दिनुहोस्