
काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आशिफले भारत पाकिस्तानप्रतिको आक्रमक कदमबाट पछि हटेको खण्डमा पाकिस्तान पनि दुई देशबीचको तनावलाई अन्त्य गर्न तयार रहेको बताएका छन् ।
पाकिस्तानका रक्षामन्त्री आशिफको यो भनाइ भारतले पाकिस्ताननियन्त्रित कश्मीर तथा पाकिस्तानका अन्य क्षेत्रमा आक्रमण गरेको केही घण्टापछि आएको हो ।
अमेरिकाको ब्लुम्बर्ग टेलिभिजनसँगको अन्तर्वातामा रक्षामन्त्री आशिफले भारतविरुद्ध आक्रमण गर्ने चेतावनी दिँदै भने, “हामीले पछिल्लो १५ दिनदेखि भारतविरुद्ध शत्रुतापूर्ण व्यवहार सुरुवात गर्दैनौँ भन्दै आइरहेका छौँ, तर हामीविरुद्ध आक्रमण भएमा यसको प्रतिकार गर्नेछौँ ।”
उनले अगाडि भने, “तर भारत यसबाट पछि हट्छ भने हामी पनि यो तनाव अन्त्य गर्न तयार छौँ ।”