site stats
बाह्रखरी :: Baahrakhari
देश
नागढुंगा–नौबिसे सडकखण्ड आजदेखि राति बन्द हुने 
फाइल तस्बिर ।

काठमाडौं । त्रिभुवन राजपथको नागढुंगा–पिप्लामोड सडक निर्माण तथा सुधारका लागि नागढुंगा–नौबिसेखण्ड आज रातिदेखि बन्द गरिने भएको छ ।

नागढुंगा–मुग्लिङ सडक योजनाका अनुसार आज रातिदेखि ३१ गतेसम्म राति ११ देखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन ‘आंशिक’ रूपमा रोकी निर्माण गरिनेछ । 

काठमाडौंबाट जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा रोकिनेछ । नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ ।

आयोजनाले सीतापाइला–भीमुढंगा–रामकोट–धार्के र सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

उपरोक्त स्थानमा रोकिएका सबै सवारीसाधनलाई बिहान ३ बजेपछि मात्र छाडिने जनाइएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ०८:३८
प्रतिक्रिया दिनुहोस्