
पर्सा । बाराको कलैया उपमहानगरपालिका–१८ का २६ वर्षीय सुधीरप्रसाद साहलाई अपहरण गरेको आरोपमा एक नाबालिगसहित चारजना पक्राउ परेका छन् ।
वीरगन्ज महानगरपालिका–१२, मुर्लीस्थित एउटा घरबाट मंगलबार (वैशाख १६) राति साहको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले जानकारी दिए ।
अपहरणमा संलग्न वीरगन्ज–१२, मुर्लीकै २३ वर्षीय रिकेशकुमार तथा २५ वर्षीय राजन गुप्ता र सखुवाप्रसौनी गाउँपालिका–३ का २४ वर्षीय सिकेन्द्र साहलाई पक्राउ गरिएको उनले बताए । हिरासतमा रहेका नाबालिगको विवरण भने सार्वजनिक गरिएको छैन ।
उनीहरूविरुद्ध पर्सा जिल्ला अदालतबाट बुधबार (वैशाख १७) शरीर बन्धकसम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको सूचना अधिकारी भट्टले बताए । रासस