
काठमाडौं । विद्यालय शिक्षा विधेयक पारित गर्न सत्तारुढ दलहरू सहमत भएका छन् ।
बुधबार शिक्षक महासंघ र सरकारबीच वार्तामा यस विषयमा सहमति भएपछि सत्तारुढ दलका प्रमुख सचेतक र संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिले संयुक्त हस्ताक्षर गरेर विधेयक पारित गर्ने प्रतिबद्धता जनाएका हुन् ।
शिक्षकहरू ०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रित पेशागत आन्दोलनमा थिए । नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच विगतमा भएका सहमति–समझदारीअनुसार माग सम्बोधन गर्न दलहरू सहमत भएका हुन् ।
उक्त प्रतिबद्धतामा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेश बतौला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले हस्ताक्षर गरेका छन् ।