site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितपुर महानगरले भन्यो– भोलिदेखि सामुदायिक विद्यालय सञ्चालन गर्नू

काठमाडौं । ललितपुर महानगरपालिकाले मंगलबारदेखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्न पत्राचार गरेको छ । महानगरले सोमबार परिपत्र जारी गर्दै नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्न अनुरोध गरेको छ ।

सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नू/गराउनू भन्ने आदेश समेत महानगरले स्मरण गराएको छ ।

"विद्यालय सञ्चालनका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट बञ्चित नगर्नू, नगराउनू भनी भएको आदेश बमोजिम यस महानगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरू मिति २०८२/०१/१६ बाट नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्नू/गराउनू हुन अनुरोध छ," महानगरले भनेको छ ।

 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  २०:५२
प्रतिक्रिया दिनुहोस्