site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समितिको बैठक
फाइल तस्बिर ।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । यही वैशाख १५ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकीकरणसम्बन्धी छलफल र १७ गते एकीकरण हुने भएकोले बैठकमा उपस्थित हुन आह्वान गरिएको छ ।

साथै, नागरिकता र मतदाता परिचयपत्र अनिवार्य ल्याउन समेत अनुरोध गरिएको छ ।

बैठक नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजे हुने अध्यक्ष रन्जीता श्रेष्ठले जानकारी दिइन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  २०:०१
प्रतिक्रिया दिनुहोस्