राजनीति

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को बर्खास्तीको कारण आफूलाई थाहा नभएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेका थिए । जसअनुसार शिक्षामन्त्रीमा एमालेका नेता रघुजी पन्त नियुक्त भएका छन् । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई भने प्रधानमन्त्रीले हटाएका छन् ।
ऊर्जा राज्यमन्त्री किन बर्खास्त भए आफूलाई थाहा नभएको प्रवक्ता गुरुङले बताए । बाह्रखरीसँगको कुराकानी उनले भने, “खोई मलाई थाहा भएन, उहाँ किन बर्खास्तमा पर्नुभयो ।”
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२ १८:४७
प्रतिक्रिया दिनुहोस्