site stats
बाह्रखरी :: Baahrakhari
देश
शर्मिला वाइबामाथि आक्रमण गर्ने दुईजना पक्राउ

काठमाडौं । प्रहरीले शर्मिला वाइवामाथि आक्रमण गर्ने दुईजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मकवानपुरका ३५ वर्षीया शर्मिला श्रेष्ठ भन्ने शर्मिला राई र भक्तपुर चाँगुनारायण नगरपालिका–८ का ४२ वर्षीय बाबु भन्ने कुवेर सिलवाल छन् ।

वैशाख ३ गते काठमाडौंको गोठाटारमा पहेँलो पुलनजिकैको मन्दिरअगाडि वाइबामाथि आक्रमण भएको थियो । वाइबाको टाउको चोट लागेको थियो । 

आक्रमण गर्नेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरबाट पक्राउ गरेको कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्