अर्थ व्यवसाय

काठमाडौं । लिपमोटरको नयाँ विद्युतीय सवारी सार्वजनिक भएको छ । चीनमा भइरहेको २१औँ संस्करणको ‘अटो सांघाई २०२५’मा नयाँ सवारी सार्वजनिक गरिएको हो ।
लिपमोटरको बी०१ को सेडान डेब्यू–१७७ एचपी र २१५ एचपी बुधबार सर्वजनिक भएका हुन् । बुधबार सार्वजनिक बी०१ सिरिजका गाडीअन्तर्गत नेपालमा बी१० का गाडी ल्याइने सांग्रिला मोटर्सले तयारी गरिरहेको छ ।
यी दुई विद्युतीय सवारीको मूल्य चीनमा मलेसियन रिगेट (आरएम) ६० हजार र ९० हजार पर्ने उल्लेख छ । यो विद्युतीय सावारीले एकपटक फुल चार्ज गर्दा ५१० किलोमिटरको रेन्ज दिने बताइएको छ ।
यसमा ६९.९ किलोवाट आवर लिथियम आइरन ब्याट्री जडित छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२ १७:४०
प्रतिक्रिया दिनुहोस्