site stats
बाह्रखरी :: Baahrakhari
देश
धनुषामा जुवातास खेलिरहेको अवस्थामा तीनजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । धनुषामा जुवातास खेलिरहेको अवस्थामा तीनजना पक्राउ परेका छन् ।

धनुषाधाम नगरपालिका–६ स्थित समसुल राईनको आँप बगैँचामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६० वर्षीय काजीबहादुर तामाङसहित तीनजनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ८४० रूपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो । साथै, प्रहरीलाई देख्नासाथ फरार भएका व्यक्तिहरूको खोजी भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  २३:००
प्रतिक्रिया दिनुहोस्