site stats
बाह्रखरी :: Baahrakhari
देश
गभर्नर चर्चाकै भरमा विपक्षी बनाइएका गुणाकरविरुद्धको रिट तेस्रो दिन पनि ‘हेर्न नभ्याइने’मा

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको रिट तेस्रो दिन (मंगलबार) पनि ‘हेर्न नभ्याइने’मा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासको १७औँ नम्बरमा परेको रिट हेर्न नभ्याइने सूचीमा परेको हो ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका भट्टलाई गभर्नर बन्ने चर्चाकै भरमा विपक्षी बनाइएको छ । अधिवक्ता विशाल थापासहितले पूरक निवेदन दिएर उनलाई विपक्षी बनाएका हुन् ।

सरकारले संशोधन गरेको गभर्नर नियुक्ति मापदण्डविरुद्ध पनि उनले रिट दायर गरेका थिए । अल्पकालीन अन्तरिम आदेश जारी भएर अन्तरिम आदेश प्रयोजनका निम्ति आइतबारको पेसी तोकिएकोमा शुक्रबार नै पूरक निवेदन दर्ता भएको थियो । त्यसयता उक्त मुद्दामा पेसी चढ्ने तर, पालो नआउने हुँदै आएको छ ।

आइतबार ३७औँ नम्बरमा, सोमबार १३औँ नम्बरमा परेर हेर्न नभ्याइनेमा परेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १७:५३
प्रतिक्रिया दिनुहोस्