देश

काठमाडौं । दाङमा आफैँले आफूलाई गोली हानेर एकजनाले आत्महत्या गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–७, मोतीपुरका ८३ वर्षीय नारायण आचार्यले आफ्नै घरमा रहेको १२ बोर भरुवा बन्दुकले गोली हानेर आत्महत्या गरेका हुन् ।
के कारणले उनले बन्दुकले गोली हाने भन्नेबारे भने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख अर्जुन तिमिल्सिनाले जानकारी दिए ।
आचार्यको घाँटीभन्दामूनिका भागमा गोली लागेको खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले जानकारी दिए ।
घटनालगत्तै डीएसपी ठकुरीको टोली अचार्यको घर पुगेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२ १७:४८
प्रतिक्रिया दिनुहोस्