site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बादी सरोकार मञ्चलाई सिटिजन लाइफ इन्स्योरेन्सको सहयोग

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बादी समुदायका करिब १३० जना अनाथ तथा असहाय बालबालिकालाई सहयोग गरेको छ ।

कम्पनीले ‘बादी सरोकार मञ्च नेपाल’लाई महिना दिनभन्दा बढी समयसम्म पर्याप्त हुने खाद्यान्न सामग्री सहयोग प्रदान गरेको जनाएको छ । यस सहयोग कार्यक्रमअन्तर्गत कम्पनीले चामल, दाल, तेललगायत अत्यावश्यक उपभोग्य वस्तु उपलब्ध गराएको हो ।

Argakhachi Cement Island Ad

बादी समुदाय नेपालको सबैभन्दा सीमान्तकृत र ऐतिहासिक रूपमा उत्पीडित तथा अहिले पनि सामाजिक–आर्थिक रूपले कमजोर समुदायमध्ये एक हो ।

हिक्मत बादीद्वारा सञ्चालनमा ल्याइएको बादी सरोकार मञ्च नेपालले उक्त समुदायका महिला, बालबालिका तथा परिवारलाई शिक्षा, आश्रय, स्वास्थ्य र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले गैर–नाफामूलक सामाजिक संस्थाको रूपमा कार्य गर्दै आएको छ ।

हाल संस्थामार्फत १३० भन्दा बढी बालबालिकालाई सुरक्षित आवास, पोषण तथा शिक्षाको सुविधा प्रदान गरिँदै आएको छ । 

आफ्नो संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल साथै प्रमुख व्यवसाय अधिकृत धोजबहादुर खड्काका साथमा कार्यालयका अन्य अधिकारीले बादी सरोकार मञ्च नेपालका सञ्चालक हिक्मत बादीलाई खाद्यान्न सामग्री हस्तांतरण गरेका थिए । 

सिटिजन लाइफको यस सहयोगले बादी सरोकार मञ्च नेपाललाई सञ्चालन गर्न केही मद्दत हुने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्