site stats
बाह्रखरी :: Baahrakhari
देश
पाँच दिनमा हट्यो वीरगन्जको निषेधाज्ञा 

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा आजबाट हटाएको छ । शुक्रबार बिहान ७ बजेबाट निषेधाज्ञा हटाइएको हो । 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्जको शान्ति सुरक्षाको अवस्था सामान्य बनेको भन्दै आज बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको थियो । 

वैशाख १ गतेदेखि लगाइएको निषेधाज्ञा पाँच दिनमा हटेको हो । 
suchana-1744941005.jpg
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ०७:३५
प्रतिक्रिया दिनुहोस्