site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिविले मौका परीक्षाको आवेदन खुलायो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको मौका परीक्षाको आवेदन खुलाएको छ । 

परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गरेर वार्षिक परीक्षा प्रणाली अनुसार ०८२ सालमा सञ्चालन हुने बीबीएस, बीएस्सी र बीएड चौथो वर्षको मौका परीक्षाको आवेदन फारम खुलाएको हो ।

परीक्षा आवेदन फाराम मिति ०८२ वैशाख ५ गतेदेखि ७ गतेसम्म अनलाइनमा भरी ०८२ साल वैशाख ९ गतेभित्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय तथा बल्खुस्थित पनिकामा बुझाउनुपर्ने सूचनामा जनाइएको छ ।

489928605_1091416446345286_7897350382231602131_n-1744889116.jpg
 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्