site stats
बाह्रखरी :: Baahrakhari
देश
खानेपानीको जारमा किरा, २५ हजार जरिवाना

काठमाडौं । के एम मिनरल वाटर बडिखेलद्वारा उत्पादित खानेपानीको जारमा किरा भेटएको छ । 

पशु सेवा तालिम केन्द्र लगनखेलमा पिउने प्रयोजनका लागि ल्याइएको पानीको जारमा किरा भेटिएको हो ।  

खानेपानीमा किरा भेटिएपछि ललितपुर महानगरपालिकाले उक्त कम्पनीलाई २५ हजार जरिवाना तिराएको छ । 

के एम मिनरलवाटर बडिखेललाई जरिवाना गरिएको ललितपुर महानगरका नगरप्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

490294998_566346242578283_7494024714093898915_n-1744885905.jpg
 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्