site stats
बाह्रखरी :: Baahrakhari
देश
जाजरकोटमा लगातार भूकम्प, बिहान अर्को धक्का 

काठमाडौं । जाजरकोटमा आज बिहान भूकम्प गएको छ । जाजरकोटको पैंक केन्द्र बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ : ५३ बजे भूकम्प गएको हो । 

सोमबार राति पनि सोही स्थानलाई केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । 

जाजरकोट केन्द्र बनाएर लगातार भूकम्प गइरहेको छ । यसअघि पनि जाजरकोटमा लगातार ५.२ र ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो । 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०७:०८
प्रतिक्रिया दिनुहोस्