site stats
बाह्रखरी :: Baahrakhari
देश
बारको अध्यक्षमा प्रा.डा. मिश्रको विजय निश्चित, ५६० मत गणना गर्न बाँकी

काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रको विजय निश्चित भएको छ । 

२७औँ केन्द्रीय कार्यसमितिका निम्ति शनिबार मतदान भएको थियो । हालसम्मको मतगणनामा मिश्रले चार हजार ८९२ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले दुई हजार २२९ मत प्राप्त गरेका छन् । 
  
नौ हजार ४३७ मत गणना गर्दा अध्यक्षका प्रमुख प्रतिस्पर्धीबीच दुई हजार ६६३ मतान्तर छ । अब ५६० मत मात्रै गणना गर्न बाँकी रहेको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले जानकारी दिएका छन् ।
 
महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले चार हजार ७०४ र महासचिवका अर्का उम्मेदवार यज्ञमणि न्यौपानेले दुई हजार २९ मत प्राप्त गरेका छन् । 

आज मतगणना रोकेर भोलि बिहान ८ बजेबाट पुनःगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  २२:०५
प्रतिक्रिया दिनुहोस्