site stats
बाह्रखरी :: Baahrakhari
देश
लहानबाट लागुऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

काठमाडौं । इलाका प्रहरी कार्यालय लहानले लागुऔषध खैरो हिरोइनसहित तीनजनालाई पक्राउ गरेको छ । सिरहास्थित लहानको अस्पतालचोकको एक होटेलबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सिरहाको धनगढीमाइ–९ का पवन साह, सोहीका अन्केसकुमार महतो र लालबाबु राम पक्राउ परेका हुन् । उनीहरूको साथबाट प्रहरीले ३५ ग्राम खैरोहिरोइन बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी हिरेन्द्र रोकायको टोलीले उनीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान अघि बढाइएको छ ।

 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्