site stats
बाह्रखरी :: Baahrakhari
देश
भन्सार छली ल्याएका ल्यापटप र मोबाइलसहित सातजना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भन्सार छली गरी ल्याएका ल्यापटप र मोबाइलसहित विभिन्न मानिसलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीका राकेश गिरी, पाल्पाका ताराबहादुर रेस्मी मगर, पाँचथरका कमला फियाक, मकवानपुरका चित्रबहादुर मल्ल ठकुरी तथा हुकुमबहादुर मल्ल, उदयपुरका सुमित केसी र मोरङका रसिद आलम छन् । 

दुबईबाट नेपाल आउने यात्रुलाई १–१ थान ल्यापटप र मोबाइल ल्याउँन भन्सार छुट हुने प्रावधान रहेकाले पक्राउ परेकाहरूले धेरै व्यक्तिलाई १–१ थान ल्याटपट र १–१ थान मोबाइल ल्याउन लगाएको प्रहरीको भनाइ छ ।

उनीहरूको साथबाट ७२ थान ल्यापटप र पाँच थान मोबाइल बरामद गरिएको छ ।     
 

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १८:५६
प्रतिक्रिया दिनुहोस्