site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरी रणनीति– राजावादी समूह प्रदर्शनमा निस्किए सुरुमै दमन
फाइल तस्बिर । 

काठमाडौं । काठमाडौंमा आज राजावादी समूह प्रदर्शनमा निस्किए प्रहरीले सुरुमै दमन गर्ने भएको छ ।

शुक्रबार काठमाडौंको तीनकुने र आसपासको क्षेत्रमा राजावादीले प्रदर्शनको नाममा हिंसात्मक गतिविधि गरेपछि प्रहरी आजबाट सुरुमै दमनको नीतिमा पुगेको हो । 

आज प्रदर्शनमा उत्रिए सुरुमै दमन गर्ने प्रहरी रणनीति रहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । राजवादीको प्रदर्शन शुक्रबार हिंसात्मक हुँदा दुईजनाको मृत्यु भएको थियो । 

राजावादीहरूको प्रदर्शनमा नेपाल प्रहरीका ५३, सशस्त्र प्रहरीका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए । 

सरकारी र निजी गरी १५ वटा सवारीसाधनमा क्षति पुर्‍याएका थिए । १४ स्थानमा आगजनी, ९ स्थानमा तोडफोड र एक ठाउँमा लुटपाट भएको प्रहरीले जनाएको छ ।

त्यसैले आजबाट राजावादीको आन्दोलन सुरुमै दबाउने रणनीतिमा प्रहरी रहेको छ । 

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्