site stats
बाह्रखरी :: Baahrakhari
देश
कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार 

काठमाडौं । राजतन्त्रका पक्षमा शुक्रबार (चैत १५) प्रदर्शनमा उत्रिएका केही व्यक्तिले काठमाडौंको तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगामुढा गरेका छन् । उक्त कार्यालय भवनसहित त्यस क्षेत्रका केही भवनमा ढुंगामुढा गरिएको छ ।

प्रदर्शनकारीले यसअघि तीनकुनेको एउटा घरमा तोडफोड, आगजनी र अन्नपूर्ण पोस्टको कार्यालयमा समेत ढुंगा प्रहार गरेका थिए ।

ढुंगामुढा, तोडफोड र आगजनीबाट के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्