site stats
बाह्रखरी :: Baahrakhari
देश
नुवाकोटमा कौडा खेलिरहेका १६ जना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नुवाकोटमा जुवा (कौडा) खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका–६, खोलेगाउँका ३२ वर्षीय सुरेन्द्र तामाङसहितका व्यक्तिहरू छन् ।

तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार (चैत ९) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद चार लाख १२ हजार ८०० रुपैयाँ, ६ बुक तास र ३२ थान कौडासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्