site stats
बाह्रखरी :: Baahrakhari
देश
मोरङमा आगलागीमा परी बालिकाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

मोरङ । मोरङको धनपालथान गाउँपालिका–७, कदमाहा टोलमा मंगलबार (चैत ५) आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ । 

स्थानीय मोहम्मद हानिफकी तीन वर्षीया छोरी रेश्मा खातुनको जलेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

विद्युत् चुहावटका कारण आगलागी भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्