site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंसहित कहाँ कहाँ भयो वर्षा ?
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंसहित  देशका केही भूभागमा बिहीबार वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार दिउँसो गण्डकी, वाग्मती र कोसी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भएको हो ।

सबैभन्दा बढी वर्षा लमजुङको राइनास्टारमा मापन गरिएको विभागले जनाएको छ । लमजुङमा पछिल्लो १२ घण्टामा ४०.२ मिमि वर्षा मापन गरिएको विभागका मौसमविद् सरोज पुडाशैनीले जानकारी दिए । त्यहाँ दिउँसो असिना पानी समेत परेको थियो ।

"लमजुङमा मध्यम वर्षा भएको छ ।  त्यहाँ दिउँसो ३ः१५ बाट वर्षा सुरु भएको थियो । पछिल्लो १२ घण्टामा त्यहाँ ४०.२ मिमि वर्षा मापन गरिएको छ," विभागका मौसमविद् पुडाशैनीले भने ।  

काठमाडौं उपत्यकामा पनि बिहीबार दिउँसोदेखि मेघगर्जनसहित हल्का वर्षा भइरहेकाे छ । पछिल्लो १२ घण्टामा नुवाकोटमा १६.६ मिमि, काठमाडौंको ढापड्याममा ६.४ मिमि, दोलखामा ७.२ मिमि वर्षा मापन गरिएको  विभागले जनाएको छ । गोरखा, धादिङ पनि हल्का वर्षा भएको छ ।

"काठमाडौंमा पनि बिहीबार दिउँसो हल्का वर्षा भएको छ ।  काठमाडौंका बिहीबार दिउँसो केही स्थानमा हावाहुरीसहित हल्का वर्षा भएको हो," पुडाशैनीले भने ।  

प्रि–मनसुनमा स्थानीय वायु सक्रिय भएर वर्षा हुने सम्भावना उच्च हुने र यसलाई सामान्य मानिने मौसमविद् गोविन्द झा बताउँछन् ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्