site stats
बाह्रखरी :: Baahrakhari
देश
पाल्पा डढेलो : चार सामुदायिक वनमा क्षति

तानसेन । जिल्लाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने  संसारकोट डाँडामा गत मंगलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।

अधिक पातपतिंगर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

करिब १७० हेक्टरमा फैलिएका चारवटा सामुदायिक वनमा क्षति भएको छ । 

डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो । 

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागिपरेका छन् । रासस

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्