site stats
बाह्रखरी :: Baahrakhari
देश
एक ट्रक सामान बरामद

विराटनगर । मोरङमा भन्सार छली गरेर ल्याइएको ४५ लाख रुपैयाँबराबरको एक ट्रक सामान बरामद गरिएको छ । उक्त सामान प्रहरीले राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर महानगरपालिका–१८ स्थित आईसीपी रोडबाट भारतीय नम्बर प्लेटको उक्त ट्रक नियन्त्रणमा लिई राजस्व कार्यालय विराटनगरमा बुझाएको हो । त्यसमा इलेक्ट्रिक, कस्मेटिक, मेडिकललगायत सामान लोड गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएपी वेदप्रकाश जोशीले जानकारी दिए ।

ट्रकका चालक भारतका ३५ वर्षीय मो. अस्लामलाई नियन्त्रणमा लिई कारबाहीका निम्ति इटहरी पठाइएको जोशीले बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्