site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपा नेपालको केन्द्रीय समिति बैठक आजबाट

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्न लागेको छ । 

ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बैठकमा गत भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभिायान’को समीक्षा हुने जनाइएको छ । 

बैठकमा पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताले आ–आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नेछन् । 

त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक कार्ययोजनालगायत एजेन्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए । बैठक तीन दिनसम्म चल्नेछ ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्