site stats
बाह्रखरी :: Baahrakhari
देश
नवलपरासी पश्चिममा दुई समूहको विवादले लियो उग्ररूप, ठूलो संख्यामा प्रहरी परिचालन

काठमाडौं । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा दुई समूहको झडपले उग्ररूप लिएको छ । स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

गए राति सुरु भएको विवाद झडपमा परिणत भएपछि कडा सुरक्षा संयमता अपनाइएको प्रहरीले जनाएको छ ।

तीन महिनाअघि एक जोडीले भागी विवाह गरेका थिए । त्यतिबेलै केटी पक्षबाट केटाका बुवामाथि आक्रमण भएको थियो । सोमबार साँझ फेरि केटी पक्षले केटाका भाइलाई आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्