site stats
बाह्रखरी :: Baahrakhari
देश
‘ग्रामर गुरु’ चूडामणि गौतमको निधन

काठमाडौं । भाषाविद् चूडामणि गौतमको निधन भएको छ । 

तेह्रथुममा जन्मिएका उनको ८१ वर्षको उमेरमा सोमबार साँझ उपचारका क्रममा निधन भएको हो ।

गौतमले लेखेको अंग्रेजी भाषाको ‘ग्रामर’ विद्यार्थीमाझ निकै लोकप्रिय छ । उनले लेखेको ‘ग्रामर’ ठूलो संख्यामा बिक्री भएको थियो । गौतम ‘ग्रामर गुरु’ भनेर चिनिन्थे । 

गौतमले लेखेको अंग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो । बृहत्तर नेपाली शब्दकोश उनको पछिल्लो पुस्तक हो ।

नेपाली भाषा सम्बन्धी उनले थुप्रै पुस्तक लेखेका छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ०८:१९
प्रतिक्रिया दिनुहोस्