site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनलाई साउदी अरबमा हुने वार्तामा निम्तो छैन ?

काठमाडौं । युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच हुने वार्तामा युक्रेनलाई बोलाइएको छैन । यो जानकारी युक्रेनी सरकारका एक वरिष्ठ अधिकारीले बीबीसीलाई दिएका समाचारमा उल्लेख छ । 

युक्रेनका लागि अमेरिकी विशेष दूत किथ कैलांगले सोमबार साउदी अरेबियामा हुने वार्तामा युक्रेनले भाग लिने बताएका थिए । 

तर, एक स्रोतले त्यहाँ युक्रेनको कुनै पनि प्रतिनिधिमण्डल उपस्थित नहुने बताएको छ ।

यसअघि, ह्वाइट हाउसका मध्यपूर्व प्रतिनिधि स्टिभ विटकफले आइतबार साउदी अरेबियाको भ्रमण गर्ने पुष्टि गरेका थिए ।

उनको भ्रमणको उद्देश्य युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीचको पहिलो वार्ता गर्नु रहेको बताइएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्ध अन्त्य गर्ने बारेमा फोनमा छलफल गरेका थिए । 

यसपछि उनले छलफल अगाडि बढाउन दुवैजना चाँडै भेट्ने बताएका थिए । यसपछि युक्रेन र युद्धको बारेमा छलफल तीव्र भएको छ ।

यद्यपि, ट्रम्प र पुटिनबीचको यो कुराकानीपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशकले युद्ध अन्त्य गर्ने कुनै पनि सम्झौता स्वीकार नगर्ने बताएका छन् । बीबीसी
 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्