site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरी सई धनराज खतिवडा मृत फेला

काठमाडाैं। नेपाल प्रहरीका एक प्रहरी नायव निरीक्षक (सई) झापामा मृत फेला परेका छन् । 

जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत सई ४९ वर्षीय धनराज खतिवडा मृत फेला परेका हुन् ।

भवनको पानी ट्यांकी जाने फलामको भर्‍याङमा खतिवडा झुन्डिएको अवस्थामा फेला परेका हुन् । 

घटनाबारे प्रहरीले परिवारलाई जानकारी गराएर अनुसन्धान अघि बढाएको छ । उनी मोरङ कानेपोखरी गाउँपालिकाका स्थानीय हुन् । 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्